तुलसीपुरमा वृद्धले गरे आफैंमाथि गोली प्रहार

वैशाख ८, २०८२

दुर्गालाल केसी

An old man shot himself in Tulsipur

दाङ — तुलसीपुरमा आफैंमाथि गोली प्रहार गर्दा एक जना वृद्धाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-७, मोतिपुरका ८३ वर्षीय नारायण आचार्यले सोमबार अपराह्न आफैंलाई गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

घरको कोठामा कोही नभएको बेला आफ्नै बाह्रबोर बन्दुकले आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको देखिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

श्रीमती घरबाहिर निस्केको बेला आफ्नै इजाजत प्राप्त बन्दुकले गोली हानेको र श्रीमती घर फर्केर थाहा पाएपछि मात्र प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए । घाँटीमा गोली लागेको र थप अनुसन्धान र परीक्षण भइरहेको उनले बताए । आफैंलाई गोली हान्नुको कारण थाहा हुन नसकेको उनले बताए । 

आचार्य लामो समय रेडक्रसका जिल्ला सभापति थिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully