दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १० जनाभन्दा बढी घाइते

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Two killed, more than 10 injured in bus accident in Dang

दाङ — दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङ लमही-भालुवाङ सडक खण्डस्थित सिंगेखोला नजिकमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए  । घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully