लुम्बिनीमा लाग्ने ५ दिने मेला सकियो

वैशाख २, २०८२

मनोज पौडेल

The 5-day fair at Lumbini is over

लुम्बिनी — बुद्धस्थल लुम्बिनीमा राम नवमीमा लाग्ने ५ दिने रुमिन्देई माई चैते पूर्णिमा मेला मंगलबार सकिएको छ ।  दर्शनार्थीहरू पारिवारिक सुख शान्ति, समृद्धि र मनोकांक्षा पूरा होस् भनेर मेलामा रुमिन्देई माईको दर्शन गर्न आउने गरेका छन् ।

‘मायादेवी मन्दिरलाई ४०/५० वर्षअघि रुमिन्देई माई भनिन्थ्यो, स्थानीय लिलामणी शर्माले भने चैते पूर्णिमामा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास हुँदा यहाँ पूजाआजा गरी मन्दिर दर्शन गर्नेको घुइँचो लागेको थियो ।

The 5-day fair at Lumbini is overमेलामा महिलाले आफ्ना बालबालिकालाई दुःखकष्ट नहोस् भनेर आफनो साडीको आचलमा नाच नाच्ने महिना पहिरनमा रहेको पुरुषलाई नचाउने प्रचलन पनि छ । यसलाई अचरा नाच भनिन्छ ।

मेलामा ट्याटु बनाउने श्रद्धालु पनि उत्तिकै थिए । ५ दिनै सांस्कृतिक कार्यक्रम गरिएको थियो । मेलामा बालबलिकाको मुण्डन (पहिलो पटक कपाल काट्ने) काम पनि गरिएको थियो । कपाल खौरिँदै श्रद्धालुले रुमिन्देई माईसँग सुस्वास्य र दीर्घायुको कामना गरेका थिए ।

मनोज पौडेल

Link copied successfully