बाल यौन दुर्व्यवहारका फरार प्रतिवादी पक्राउ

चैत्र २९, २०८१

कमल पन्थी

Fugitive accused of child sexual abuse arrested

बर्दिया — बाल यौन दुर्व्यवहारको अभियोगमा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया–१ छेदापुरका ३६ वर्षिय सञ्जयकुमार लोध पक्राउ परेका हुन् । तुलसीपुर–नेपालगन्जको उच्च अदालतबाट कसुर भई उनी फरार थिए ।

२०८१ पुस ९ गते उच्च अदालतको फैसलाले उनलाई ६ महिना कैद र ५ हजार जरिवाना गरेको थियो । आवश्यक कारवाहीका लागि उनलाई जिल्ला अदालत बर्दियामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्ती मगरले बताए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully