पाल्पाको निस्दीमा घट्दै बालविवाह 

पालिकाद्वारा शिक्षक, अभिभावक, विद्यार्थीलक्षित सचेतनामूलक कार्यक्रममा जोड

चैत्र २७, २०८१

माधव अर्याल

Child marriage is decreasing in Nisdi of Palpa

पाल्पा — पछिल्लो तीन वर्षमा पाल्पाको निस्दी गाउँपालिकामा अभिभावक र बालबालिका लक्षित चेतनामूलक कार्यक्रम गरिएकाले बालविवाह घट्दै गएको छ । तीन वर्ष अघि २ सय ७६ जोडीले ७ वडामा बालविवाह गरेका थिए । अघिल्लो वर्ष त्यसको संख्या घटेर ५२ जोडीले विवाह गरे ।

गत साउनदेखि फागुन मसान्तसम्म ८ जोडीले मात्र बालविवाह गरेको गाउँ शिक्षा शाखा प्रमुख  थिए । उनका अनुसार विवाह गर्ने थाहा पाउनासाथ गएर फिर्तासमेत गरिएको छ । 

‘अभिभावकलाई चेतावनी दिनेदेखि प्रहरी घरमै लगेर कारबाहीको चेतावनी दिने गरिएको छ,’ उनले भने, ‘जसले गर्दा अहिले कतिपय अभिभावक सचेत भएका छन् । अझै पनि शून्यको अवस्थामा झार्न सकिएको छैन ।’ ज्यामिरे, अर्चले, गल्धा, मित्याल, झिरुवास, सहलकोटर बाँकामलाङ् गरी साविकको सात गाविस निस्दी गाविस पर्छ । न्यूनीकरणका लागि सबैलाई आग्रह र सचेत गराउन अभिभावक भेला, विद्यार्थी, शिक्षक केन्द्रित कार्यक्रम हुने गरेको छ । 

निस्दीको सहलकोटमा बालविवाह न्यूनीकरणका लागि शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थी, अभिभावक, शिक्षकलाई सहभागी गराएर मिनी बाल मेला गरिएको छ । सहलकोटको बालहित माविमा आयोजित दुई दिने मेलामा जनचेतनामूलक कार्यक्रम गरिएका छ । साथै बालबालिकाका लागि बौद्धिक तथा शारीरिक र मानसिक विकासका साथै मनोरञ्जनात्मक कार्यक्रम गरिएको छ ।

मेलाका अवसरमा सहलकोटका दुई मावि र तीन प्राथमिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकले विभिन्न जनचेतनामूलक नारा लेखिएका प्लेकार्डसहित र्‍याली गरिएको निस्दी गाउँपालिका बालमैत्री शाखा प्रमुख कुस्माखर पाण्डेयले बताए । ‘हाम्रो मुख्य उद्देश्य भनेकै बालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने हो,’ उनले भने, ‘सबै भन्दा धेरै बालविवाह हुने पालिकाबाट शून्यमा झार्ने भन्ने अभियान नै हो ।’ 

बालविवाहविरुद्धको अभियानमा विद्यार्थीहरूलाई सचेत, अभिभावकको भेला, शिक्षक विद्यार्थी लक्षित कार्यक्रम गर्दै आएको उनले बताए । तीन वर्षअघि देखि विभिन्न कार्यक्रम गरिदै आएको छ । प्रत्येक विद्यालयमा पुगेर अभिभावक भेला, बाल क्लब गठन, भित्ते पत्रिका प्रकाशन, शिक्षक, अभिभावकसँग छलफल अन्तरक्रिया गदै आएको उनले बताए । 

निस्दी गाउँपालिका–२, सहलकोटमा राखेको बाल मेलामा विभिन्न विद्यालयबीच आयोजित बाल विकास केन्द्र, प्रावि, आधारभूत र माध्यमिक तहका लागि बौद्धिक क्षमता विकास गर्ने र सचेतना जगाउने प्रतियोगितात्मक कार्यक्रम राखिएको छ । विद्यार्थीलाई चित्र चिनाउने, मिठाई दौड, सस्वर वाचन, बौद्धिक परीक्षण, हाजिरी जवाफ, अंग्रेजी हिज्जे, हाजिरी जवाफ, वक्तृत्वकला, पुरुष तथा महिला भलिबल, छात्र छात्राको सय मिटर दौड लगायतका प्रतियोगिता आयोजना गरिएको छ । 

Child marriage is decreasing in Nisdi of Palpaविजयी विद्यार्थीलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति राजु श्रेष्ठ, गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, प्रशासन प्रमुख अर्जुन खनाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । मेलामा शिक्षक, अभिभावक, शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीका साथै आधारभूत र माविका विद्यार्थीलाई मेलामा सहभागी गराई विभिन्न प्रतियोगितामा सामेल गराइएको हो । 

निस्दी गाउँपालिका र २ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा भएको मिनी बाल मेलामा बालअधिकारसँChild marriage is decreasing in Nisdi of Palpaगै बालविवाह विरुद्ध सचेतना जगाउने, बालबालिकाको शारीरिक र मानसिक विकासका साथै मनोरञ्जन प्रदान गर्ने कार्यक्रमा राखिएको वडाध्यक्ष फत्तेसिंह दर्लामीले बताए । उनका अनुसार बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटनका साथै उनीहरूलाई २० वर्ष नपुगी हुने विवाहविरुद्ध सचेतना जगाउन मिनी बाल मेला सहयोगी बनेको बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य श्रेष्ठले निस्दी गाउँपालिकामा पछिल्लो तीन वर्षयता बालविवाह न्यूनीकरण हुँदै गएको बताए । उनले गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गर्ने तयारीले सार्थकता पाउनुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष सारुले २०८३ भित्र पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्न विभिन्न खालका कार्यक्रम सञ्चालन भइरहेको बताए । बालविवाह विरुद्ध सामाजिक चेतना फैलाउन र उनीहरूको प्रतिभालाई उजागर गर्न बाल मेला सहयोगी बनेको उनले बताए । 

गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले बालमैत्री स्थानीय शासन लागू भएको गाउँपालिका घोषणाका लागि तयारीस्वरूप विभिन्न रचनात्मक कायक्रम भइरहेको बताइन् । गाउँपालिकाका प्रशासन प्रमुख अर्जुन खनालले बालविवाह अन्त्यका लागि विद्यार्थीबाटै गरिएको कार्यक्रमका साथै जनचेतनाका लागि अभिभावकलाई पनि सहभागिता गराउँदा अझ प्रभावकारी भएको बताए । भूमि समस्या समाधान आयोगका जिल्ला सदस्य देविलाल लामिछानेले गाउँपालिका र वडाले गरेका यस्ता कार्यक्रमले बालबालिकामा सचेतनासँगै प्रतिस्पर्धाको भावनाको विकास गर्ने बताए । 

अंशुवर्मा मावि सहलकोटका प्रधानाध्यापक पहलसिंह सिंजालीले गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि गरेका प्रयासमा विद्यालयले पनि साथ र सहयोग गर्दै आएको बताए । यस्ता मेलाले विद्यालयलाई शैक्षिक उपलब्धि प्राप्त गर्नसमेत सहयोगी बन्ने बालहित माविका प्रधानाध्यापक नवलसिंह विरकट्टा मगरले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully