बर्दिया निकुञ्जमा दुई वटा पाटेबाघ मृत फेला

चैत्र २६, २०८१

कमल पन्थी

Two tigers were found dead in Bardia Park

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको लगुना फाँटा र गैंडा मचान बीचको घना झारीमा मंगलबार राति करिब साढे ८ बजे मृत बाघ फेला परेको हो ।

बर्दिया निकुञ्जका प्रमुख अशोक रामले दुई वटा बाघ मृत अवस्थामा फेला परेको कान्तिपुरसँग बताए । ती बाघ आपसमा जुधेर मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । 

मंगलबार साँझै घटनास्थल निकुञ्जका कर्मचारी, निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनालगायत राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी पुगेका छन् । प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फा हाम्फेले करिब १०/१२ वर्षका मारिएका भाले बाघ भएको बताए । मृतक बाघलाई पोस्टमार्टमका लागि निकुञ्जको मुख्यालय, ठाकुरद्वारा लगिने तयारी भइरहेको घटनास्थलमा रहेका प्रमुख तुम्बाहाम्फेले जनाए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully