अर्घाखाँचीको पाणिनिलाई विश्वमा चिनाउनुपर्छ : मुख्यमन्त्री आचार्य 

चैत्र २३, २०८१

वीरेन्द्र केसी

Panini of Arghakhanchi should be known to the world: Chief Minister Acharya

अर्घाखाँची — लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले संस्कृत व्याकरणको उगदमस्थल पाणिनि तपोभूमिलाई प्रचारप्रसार गरी विश्वसामु परिचित गराउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय पर्यटकलाई पाणिनिमा अध्ययन र ध्यानका लागि भित्राउनुपर्ने उनको भनाइ छ । 

पाकिस्तानको लाहोरबाट पाणिनि गाउँपालिका-१ र २ को पणेना जंगलमा पाणिनि ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यो तपोभूमिको महत्त्वलाई विश्वसामु सन्देश दिन प्रदेश सरकारले दुई दिने राष्ट्रियस्तरको पाणिनि तपोभूमि सम्मेलन गर्न लागिएको आचार्यले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनले पाणिनिको महत्त्व र गरिमा झन बढ्ने बताए । 

 शनिबार तपोभूमिको निरीक्षक गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व राख्ने पाणिनि तपोभूमिको समुचित व्यवस्थापन र प्रचारप्रसारमार्फत यस क्षेत्रलाई विश्वभर चिनाउन सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने बताए । 

सम्मेलनले पाणिनिको विकासका लागि योजना बनाउन सघाउने उनले विश्वास व्यक्त गरे  । उनले जति धेरै प्रचारप्रसार गरे धेरै पर्यटन, संस्कृतविद्, धार्मिक व्यक्तिहरू भित्र्याउन सकिने बताए । 

सम्मेलनको तयारीका क्रममा सुरक्षाको व्यवस्था, यातायात, आवास, खानेपानी, सरसफाइ, अतिथि स्वागत तथा कार्यक्रम सञ्चालनसम्बन्धी पक्षहरूबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई प्रभावकारी कार्यान्वयनको निर्देशन दिए ।

संस्कृत व्याकरणका पिता पाणिनिको तपोभूमिको पहिचान, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यटकीय विकास र व्यापकता सम्मेलनको उद्देश्य रहेको छ । संस्कृत व्याकरणको उद्गम थलोसहित ध्यान गर्न शान्त, मनोरम वातावरणमा उपयुक्त स्थल छ । हिमश्रृंखला, चिसो हावापानी, सुन्दर प्राकृतिक दृश्य रहेको छ । 

वीरेन्द्र

Link copied successfully