गहुँबालीमा आगलागी

चैत्र २३, २०८१

मनोज पौडेल

A fire in the wheat field

कपिलवस्तु — यशोधरा गाउँपालिका-४, पोखरभिटवास्थित काट्ने तयारीमा रहेको करिब ५ बिघा गहुँ खेतमा आगलागी हुँदा जलेर नष्ट भएको छ । 

स्थानीय कृषक हजरत अलीको खेतबाट शनिबार दिउँसो ३ बजेतिर अचानक सुरु भएको आगलागीले २० कृषकका ३ सय क्विन्टलभन्दा बढी गहुँबाली नोक्सान भएको सशस्त्र प्रहरी डंगरी बीओपीका प्रमुख निरीक्षक नवराज देवकोटाले बताए । आगलागीबाट १० लाखभन्दा बढीको नोक्सानी भएको सशस्त्र प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका आएको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

मनोज

Link copied successfully