हाडनाता करणी मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

चैत्र १९, २०८१

कमल पन्थी

Fugitive accused of extortion case arrested after 22 years

बर्दिया — जिल्ला प्रहरी कार्यालय बर्दियाले हाडनाता करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई फैसला भएको २२ वर्ष १० महिनापछि पक्राउ गरेको छ ।

जिल्ला अदालत बर्दियाबाट २०५९ बैशाख २९ गते कैद फैसला भएका ती प्रतिवादीलाई प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–८ हवलदारपुरबाट पक्राउ गरेको हो । 

पक्राउ पर्ने बढैयाताल गाउँपालिका–१ का कुलबहादुर सुनार रहेका छन् । उनलाई अदालतले हाडनाता करणी मुद्दामा दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय तोकेको थियो । 

पक्राउ परेका सुनारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा उपस्थित गराइइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully