म्यानमार भूकम्पमा मृत्यु भएका भिक्षुको स्मृतिमा लुम्बिनीमा श्रद्धाञ्जली 

चैत्र १७, २०८१

मनोज पौडेल

Tribute to Lumbini for monk who died in Myanmar earthquake

लुम्बिनी — म्यानमारको भूकम्पमा परी मृत्यु भएका भिक्षुको स्मृतिमा बुद्ध जन्मस्थल लुम्बिनीमा श्रद्धाञ्जली व्यक्त गरिएको छ । 

म्यानमार गोल्डेन टेम्पलको आयोजनामा आइतबार लुम्बिनीस्थित बेबी बुद्ध प्रतिमा नजिक भेला भएका भिक्षु भिक्षुणीले मृतात्माको चिरशान्तिको कामना गर्दै प्रार्थना गरेका हुन् । 

त्यस्तै अकालमै मृत्यु भएका भिक्षुको पुण्यानुमोदन म्यामार गोल्डेन टेम्पलका भिक्षु पण्डित स्याडोले गरेका थिए । बौद्ध परम्पराअनुसार शान्तिको कामना गर्दै १ हजार ८ द्वीप प्रज्ज्वलन गरिएको थियो । 

लुम्बिनीमा रहेको नेपाली, थाई, चिनियाँ, म्यान्मार, कम्बोडिया, श्रीलंका र भियतनामी भिक्षु भिक्षुणीको सहभागिता थियो । शुक्रबार भएको विनाशकारी भूकम्पमा परी म्यानमारमा सयभन्दा बढी भिक्षुको मृत्यु भएको जनाइएको छ ।  

मनोज पौडेल

Link copied successfully