जापानको योकोसुका सहरका मेयर कात्सुआकी कामिजी लुम्बिनीमा

चैत्र १६, २०८१

मनोज पौडेल

Katsuaki Kamiji, Mayor of Yokosuka, Japan, at Lumbini

लुम्बिनी — जापानको योकोसुका सहरका मेयर कात्सुआकी कामिजीले बुद्ध जन्मस्थल लुम्बिनीमा पूजा गरेका छन् । उनले मायादेवी मन्दिरमा रहेको चिनो ढुंगा (मार्कर स्टोन)मा पूजाआजा गरेका थिए ।

त्यस्तै उनले पुष्करणी पोखरी, अशोक स्तम्भको अवलोकन गरेका थिए । मेयर कामिजीलाई राजकीय विहारका प्रमुख भिक्षु सागर धम्मले लुम्बिनीको ऐतिहासिक र पुरातात्विक महत्त्व तथा लुम्बिनी विकास गुरुयोजनाबारे जानकारी दिएका थिए । 

मेयर कामिजीले राजकीय विहारमा विश्व शान्तिका लागि छोटो प्रार्थना र ध्यान गरेका थिए । ८ सदस्यीय टोलीको नेतृत्व गर्दे आएका मेयर कात्सुआकी कामिजीले लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानसँग पनि शिष्टाचार भेटघाट गरेका थिए । 

लुम्बिनीको अध्यात्मिक वातावरणले शान्ति, करुणामैत्री र सद्भावको राम्रो अनुभूति गर्न पाउँदा आनन्दित भएको मेयर कामिजीले बताए । यस्तो महत्त्वपूर्ण भ्रमणीय शान्तिको मुहानमा छिट्टै परिवारसहित अध्यात्मिक र शान्तिको ऊर्जा लिन आउने प्रतिबद्धतासमेत जनाए ।

मनोज पौडेल

Link copied successfully