घुस रकमसहित प्रहरी नायव निरीक्षक पक्राउ

चैत्र १४, २०८१

घनश्याम गौतम

Police sub-inspector arrested with bribe money

बुटवल — भन्सार छलीको सामानमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिएका प्रहरी चौकी दुर्घौली रूपन्देहीका प्रहरी नायव निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलकी सूचना अधिकारी गीता आचार्यका अनुसार सई खिमबहादुर खड्कालाई ३० हजार नगदसहित पक्राउ गरिएको हो । उनले भारतबाट अवैध घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिएबापत लिएको रकमसहित मायादेवी गाउँपालिका-६ स्थित मकरी खाजा घरबाट बिहीबार पक्राउ गरिएको आचार्यले बताइन् । ‘विशेष सूचनाका आधारमा ३० हजार नगदसहित प्रहरी खड्कालाई रंगेहात पक्राउ गरेका छौं,’ उनले भनिन्, ‘थप अनुसन्धान जारी छ ।’ 

भन्सार छलेर सामान ल्याउन खोज्ने व्यापारी वा सामान्य नागरिक को हुन् भन्ने पनि अनुसन्धानकै क्रममै रहेको उनले बताइन् । सहजीकरण खड्का प्रहरी चौकी दुर्घौलीका ईन्चार्ज हुन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully