माछा मार्न गएका रास्कोटीको ढुंगाले च्यापिएर मृत्यु 

चैत्र १३, २०८१

माधव अर्याल

Raskoti, who went fishing, was crushed to death by a stone

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरेका १३ वर्षीय सुरेश रास्कोटीको डुम्रे खोलामा माछा मार्ने क्रममा बुधबार मृत्यु भएको छ । माछा मार्ने क्रममा लालबहादुर रास्कोटीको छोरा सुरेशको ढुंगाले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

सिद्धार्थ राजमार्गको नजिक कालीमाटीस्थित डुम्रे खोलामा माछा मार्न गएका रास्कोटीलाई ढुंगाले च्यापेको स्थानीयले बताए । स्थानीय र प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरी टोलीले रास्कोटीलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकोमा उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully