बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर महिलाको मृत्यु

चैत्र १३, २०८१

घनश्याम गौतम

A woman died after falling on an electric wire used to drive away monkeys

बुटवल — गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर १ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-७ पल्टारकी ६० वर्षीया चन्द्रकला कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक चन्द्रकलाका श्रीमान् कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर भगाउन राखेको विद्युतीय तारमा परेर घाइते भएकी थिइन् । 

करेन्ट लागेर घाइते कुमालको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको एसपी राजन भुजेलले बताए ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully