बुटवलको कालिकानगरमा कारको ठक्करबाट तिलोत्तमाका वडा सदस्यको मृत्यु

चैत्र १३, २०८१

घनश्याम गौतम

A ward member of Tilottama died in a car collision at Kalikanagar in Butwal

बुटवल — भैरहवा-बुटवल सडकखण्डको कालिकानगरमा भएको सडक दुर्घटनामा जनप्रतिनिधिको मृत्यु भएको छ ।

भैरहवाबाट बुटवलतर्फ गईरहेको बा.प्र. ०१-०३१-च५००२ नम्बरको ईभी कारको ठक्करबाट सोही दिशातर्फ गइरहेको लु ३६ प ८४४० नम्बरको मोटरसाइकल चालक ६० वर्षीय खेमराज पाठकको मृत्यु भएको हो । उनी तिलोत्तमा नगरपालिका-२ का वडा सदस्य हुन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार मोटरसाइकलले कारलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए । घटनापछि कार चालक र कार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully