पानी ट्यांकरले ठक्कर दिँदा दुईको मृत्यु

चैत्र १०, २०८१

रासस

Two killed after being hit by a water tanker

नेपालगञ्ज — बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आइतबार पानी ट्यांकरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

भे १ ख ४१०७ नं को पानी ट्यांकरले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए । 

घटनापछि आक्रोशित भएका स्थानीयले ट्यांकरमा आगजनी गरेका छन् । आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ । अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताए । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गर्नुपरेको बताए । 'घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ', उनले भने ।

रासस

Link copied successfully