प्रतापपुरमा भूमि आयोगले सुरु गर्‍यो जग्गा नापजाँच, जिल्लाभर २१ हजारभन्दा बढीको आवेदन

चैत्र ७, २०८१

नवीन पौडेल

In Pratappur, the Land Commission has started surveying the land, more than 21,000 applications across the district

परासी — पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन, दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरिएको हो ।

प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित बसोबासी रहेका छन् । प्रतापपुर गाउँपालिकाको ९ वटै वडामा क्रमैसँग जग्गा नाप्ने काम हुने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । 

जिल्लाको सात वटा पालिकामध्ये पाल्हिनन्दन गाउँपालिकाबाहेक अन्य सबै पालिकामा जग्गा प्राप्तिका लागि भूमिहीन र अव्यवस्थित बसोबासले फाराम भरिसकेका छन् ।

जिल्लामा २१ हजार २ सय २८ जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङले बताए । आयोगका अनुसार सबैभन्दा धेरै बर्दघाट नगरपालिकामा ७ हजार २ सय ७४, सुनवल नगरपालिकामा ६ हजार, सरावल गाउँपालिकामा २ हजार ४ सय ३, सुस्ता गाउँपालिकाका २ हजार ३ सय, प्रतापपुर गाउँपालिकामा १ हजार ६ सय ६८ र रामग्राम नगरपालिकामा १ हजार ५ सय ८३ जनाले फाराम भरेका छन् । पाल्हिनन्दन गाउँपालिकामा भने फाराम भर्ने काम अघि बढेको छैन । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully