राप्ती बबई क्याम्पसमा नेविसंघको प्यानल विजयी

चैत्र ६, २०८१

दुर्गालाल केसी

In Rapti Babai Campus, the panel of the Navy won

दाङ — राप्ती बबई क्याम्पस तुलसीपुरको स्वतन्त्र विद्यार्थी यूनियनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । सभापतिमा प्रमोद भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ७ सय ३७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी संयुक्त विद्यार्थी प्यानलका लेखमणि खत्रीले ३ सय ८९ मत प्राप्त गरे । सभापतिमा दुई स्वतन्त्रसहित चार जनाबीच प्रतिस्पर्धा भएको थियो । स्वतन्त्र दुई उम्मेदवारमध्ये कोमलबहादुर वलीले १ सय ३७ र कृष्ण केसीले २९ मत प्राप्त गरेका छन् ।

सचिवमा टोपबहादुर वली ६ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी संयुक्त विद्यार्थी प्यानलकी सोनिया थापाले ५ सय ६५ मत प्राप्त गरिन् । सचिव पदका स्वतन्त्र उम्मेदवार अनिता डाागीले ५७ मत प्राप्त गरिन् । कोषाध्यक्षमा शिक्षा नेपाली ५ सय ६२ मत प्राप्त गरी निर्वाचित भइन् भने संयुक्त विद्यार्थी प्यानलका तिलकराज डाँगीले ४ सय ४७ मत प्राप्त गरे । स्वतन्त्रका आसिक मियाँले ९५ मत प्राप्त गरे ।

प्रत्यक्षतर्फको सदस्यहरुमा मनिषा चौधरी ७ सय ६२, रुपेश चौधरी ७ सय ५४, यामकुमारी भण्डारी ७ सय ४६, सञ्जिव चौधरी ७ सय १४, ममता वली ७ सय ३९, करुणा नेपाली ७ सय १५ र लक्ष्मण वली ८ सय २५ मत प्राप्त गरी निर्वाचित भएका छन् । सदस्यमा संयुक्त प्यानलका दिलीप शर्मामात्रै ५ सय ५३ मतका साथ निर्वाचित भएको निर्वाचत अधिकृत दिपक पौडेलले जानकारी दिएका छन् ।

संयुक्त विद्यार्थी प्यानलका प्रत्यक्ष तर्फका सदस्य पदका उम्मेदवारहरुमध्ये नेबबहादुर भण्डारीले ४ सय ८६, कबि सेन सिनले ४ सय ९५, प्रेम केसीले ४ सय ६८, अनिता खड्काले ४ सय ६४ र तुलसीराम भण्डारीले ४ सय ९० मत प्राप्त गरेका छन् ।

क्याम्पसमा अध्यनरत ३ हजार ३ सय १४ विद्यार्थीमध्ये १ हजार ४ सय १७ जनामात्रै मतदानमा सहभागी भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully