हात्तीको आक्रमणमा एक जनाको मृत्यु

फाल्गुन २९, २०८१

कमल पन्थी

One person died in an elephant attack

बर्दिया — ठाकुरबाबा नगरपालिका–२ बलातीमा बुधबार राति हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणमा सोही ठाउॅका ७१ वर्षीय बलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए । 

हात्तीले खेतबारीमा लगाएको गहुँबाली नोक्सानी गरिरहेका बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जनाए । 

बर्दिया निकुञ्ज नजिक थारुको घर रहेको छ । हात्तीको आक्रमणपछि स्थानीय आक्रोशित भएको ठाकुरबाबा नपा–२ का वडा अध्यक्ष कमल चपाइले बताए । स्थानीयले वन्यजन्तुको आक्रमणकाविरुद्ध पूर्वपश्चिम राजमार्ग बन्द गराएको उनले जनाए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully