निग्रोधाराम उत्सव सम्पन्न

फाल्गुन २९, २०८१

मनोज पौडेल

Nigrodharam festival is over

कपिलवस्तु — ऐतिहासिक तथा पुरातात्विक बुद्धस्थलमा निग्रोधाराम उत्सव मनाइएको छ । बौद्ध धर्मावलम्बीको आस्था र महत्त्वपूर्ण स्थल निग्रोधारामको पवित्रता उजागर गरी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बिहीबार उत्सव गरिएको हो ।

थेरबाद र महायानी परम्पराअनुसार भिक्षु, लामागुरुले च्यान्टिङ गरी उत्सव उद्घाटन गरेका हुन् । 

रेडियो टुरिजम र गच्छामि मिडिया ग्रुपद्वारा आयोजित उत्सवका प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्ना मातापितालाई पहिलो पटक भेट्न राजधानी आउँदाको खुसीयाली क्षण स्मरण गर्न आयोजित उत्सव भिक्षु भिक्षुणीका लागि निकै महत्त्वपूर्ण भएको बताए ।

‘यसलाई बिस्तारै स्थापित पर्यटकीय गन्तब्य बनाउनेतर्फ लाग्नु पर्नेछ,’ उनले भने, ‘सबैलाई दया, माया, करुणा र आस्था जगाउने ठाउँका रुपमा निग्रोधाराम रहेकाले बौद्ध धर्मावलम्बीका लागि एउटा छुट्टै महत्त्व छ ।’  Nigrodharam festival is over

कपिलवस्तु नगरपालिका–२, कुदानस्थित निग्रोधाराममा बुद्धले ज्ञानप्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा फागुन पूर्णिमाका दिन मातापितासँग निग्रोधाराममा भेटघाट गरेका थिए । उक्त ऐतिहासिक क्षणको महिमा फैलाउन निग्रोधाराम उत्सव गरिएको हो ।Nigrodharam festival is over

कार्यक्रममा लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेकाजीले कपिलवस्तुमा नयाँ पर्यटकीय आकर्षणका धेरै सम्भावना भएकाले त्यसलाई उजागर गर्न निग्रोधाराम उत्सव मनाइएको बताए । Nigrodharam festival is over

कार्यक्रममा कपिलवस्तु नगरपालिका–३ का अध्यक्ष रुद्रप्रकाश गैरे, लुम्बिनी विकास कोष परिषद् सदस्य गोपीकृष्ण शर्मा, गच्छामि मिडिया ग्रुप अध्यक्ष मनोज श्रीवास्तव र ग्रुपका निर्देशक खगप्रसाद चापागाईंले निग्रोधाराम उत्सवको महत्त्वबारे प्रकाश पारेका थिए ।

उत्सवमा मैत्रीभाव र सद्भाव प्रदान गर्न फूल आदान–प्रदानका साथ होलीको शुभकामना साटासाट गर्दै अविर लगाइएको थियो । साँझ ७ सय ७७ द्वीप प्रज्ज्वलन गरी कार्यक्रम समापन गरियो ।

मनोज पौडेल

Link copied successfully