१० क्विन्टल सुगन्ध कोकिला जडिबुटी बरामद

फाल्गुन २६, २०८१

कमल पन्थी

10 quintals of aromatic nightingale herb recovered

बर्दिया — अवैध रूपमा भारत लैजाने क्रममा १० क्विन्टल सुगन्ध कोकिला जडिबुटी प्रहरीले बरामद गरेको छ ।  बर्दिया प्रहरीले बढैयाताल गाउँपालिका-२ फुटाहास्थित गस्ती गर्ने क्रममा उक्त जडीबुटी बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय,बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण डाँगीले उक्त जडीबुटी करिब ५ लाख मूल्य रहेको बताए ।

फुटाहा हुँदै भारतीय सिमावर्ती बजार बलैगाउँतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीलाई देख्नासाथ तस्कर फरार भएको उनले जनाए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully