पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागूऔषध मुद्दामा दोषी ठहर

फाल्गुन २१, २०८१

नारायण शर्मा

Palhinandan rural municipality chairman found guilty in drug case

नवलपरासी — पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत पश्चिम नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गाउँपालिकामा निर्वाचित अध्यक्षसहित अर्का रघुनाथ धोवीलाई दोषी ठहर गरेको हो । धोवी गाउँपालिकाले राखेका प्रहरी हुन् । उनीहरु दोषी ठहरिए पनि सजाय फागुन २९ मा तोकिने अदालतले जनाएको छ ।

अध्यक्ष गुप्ता माओवादीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनलाई कति सजाय हुने भन्ने  फागुन २९ गते निर्धारण हुने अदालत स्रोतले जनाएको छ । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully