जिप खस्दा चालकको मृत्यु 

फाल्गुन २१, २०८१

वीरेन्द्र केसी

Driver dies when jeep falls

अर्घाखाँची — जिल्लाको मालारानी गाउँपालिका-२ कुभिन्डेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटबलबाट अर्घाखाँचीको मालारानीतर्फ आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मालारानी-२ का ५१ वर्षीय कृष्णलाल मरासिनीको उपचारको क्रममा तम्घास अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए । 

जिप सडकदेखि तल खसेको छ । जिपमा चालक मरासिनी मात्रै थिए ।

घटनाको अनुसन्धान भैरहेको उनले बताए । 

वीरेन्द्र

Link copied successfully