कर वृद्धिको विरोधमा धर्ना

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

Sit-ins against tax hikes

दाङ — घोराही उपमहानगरपालिकाले कर वृद्धि गरेको र फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिएको भन्दै ‘हाम्रो दाङ, हाम्रो जिम्मेवारी अभियान’ले मंगलबार धर्ना दिएको हो ।

घोराहीले जग्गा र व्यावसायिक करमा वृद्धि गरी नागरिकलाई मारमा पारेका कारण त्यसको विरोधमा उपमहानगरपालिका कार्यालयको प्रांगणमा धर्ना दिएको अभियानका संयोजक प्रदीप मजगैयाले बताए । साथै घोराहीमा फोहोर व्यवस्थापनलाई निजीकरण गरिएको र यो जनचाहनाविपरीत रहेको उनले बताए । 

धर्ना कार्यक्रममा नागरिक समाजलगायत विभिन्न क्षेत्रबाट ऐक्यबद्धता जाहेर भएको र आगामी दिनमा पनि स्थानीय सरकारलाई सचेत पार्न थप कार्यक्रम गर्दै जाने उनले बताए ।

कान्तिपुर

Link copied successfully