पाटेबाघको बच्चा मृत फेला

फाल्गुन २०, २०८१

कमल पन्थी

Baby tiger found dead

बर्दिया — गुलरिया नगरपालिका–१२ बिक्रीस्थित भवानी सामुदायिक वनमा सडेगलेको अवस्थामा पाटेबाघको बच्चा मृत अवस्थामा फेला परेको छ ।

वन र सामुदायिक वनका उपभोक्ता समूहको टोलीले गस्ती गर्ने क्रममा बाघको बच्चा मृत अवस्थामा फेला पारेका हुन् । मारिएको हो वा प्राकृतिक कारणले मृत्यु भएको भनेर अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले बताए ।

प्रारम्भिक अनुसन्धानमा बाघको बच्चालाई आमाले छाडेपछि मृत्यु भएको आशंका गरिएको छ । केही समययता बर्दियाका सामुदायिक र मध्यवर्ती क्षेत्रको वनमा बाघको विचरण हुँदै गएको छ ।

सन् २०२२ को गणना अनुसार बर्दियामा १ सय २५ वटा बाघ रहेका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully