महिला हत्यामा संलग्न आरोपमा एकजना पक्राउ

फाल्गुन १८, २०८१

सन्जु पौडेल

One arrested for the murder of a woman

तिलोत्तमा — रुपन्देहीमा हत्यामा संलग्न आरोपमा एक जना पक्राउ परेका छन् । गत फागुन ८ मा सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका-१२ का ४२ वर्षिय अमिरीका थारु (अजय थारु) पक्राउ परेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए । फेला परेको शव दाङ लमही नगरपालिका-७ उच्चलिम्बु बस्ने ४० वर्षीया संगीता चौधरीको रहेको खुलेको उनले जानकारी दिए ।

दुवैजना सँगसँगै ज्याला मजदुरीको काम गर्थे । कामबाट फर्केर मादक पदार्थ सेवन गरी झगडा गर्ने क्रममा अजयले ढुंगाले हानेर संगीताको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्कीले बताए ।

पक्राउ परेका अजयबाट हत्या अभियोग खुल्ने प्रमाण फेला परेको र सोही प्रमाणका आधारमा अनुसन्धान भइरहेको उनको भनाइ छ । अजयलाई जिल्ला अदालतबाट ८ दिन म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully