तिलोत्तमा — रुपन्देहीमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेश सिंह लोधको शनिबार बिहान शव भेटिएको हो ।
उनको टाउकोमा गम्भीर चोट रहेको जिल्ला प्रहारी कार्यालयका डीएसपी सुरज कार्कीले बताए । 'टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको छ । हामीलाई बिहान खबर आएपछि ७ बजे प्रहरी पुगेको थियो,' उनले भने, 'घटनामा थप अनुसन्धान भइरहेको छ ।'
स्थानीयबासीहरूले भने घरमा बिहानै गोली चलेको आवाज सुनिएको बताएका छन् । मृतक घरमा एक्लै बस्दै आएका थिए ।
