तिलोत्तमा — सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा नेत्रप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् । संघमा अध्यक्षसहित अधिकांश पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।
आगामी फागुन २४ गते शनिबार हुने संघको अधिवेशन (निर्वाचन) का लागि शुक्रबार भएको मनोनयन दर्तामा उपाध्यक्ष (वाणिज्य) र सह–कोषाध्यक्षबाहेक पदाधिकारीतर्फका अन्य पदमा निर्विरोध भएको हो ।
प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलका अनुसार संघको अध्यक्षमा नेत्रप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलिप प्रसाद कान्दु, उपाध्यक्ष (कर्पोरेट) मा रोहित कुमार अग्रवाल र उपाध्यक्ष (उद्योग) मा गोविन्द ज्ञवाली निर्विरोध रुपमा निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल निर्विरोध निर्वाचित भए ।
उपाध्यक्ष (वाणिज्य) मा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा यमकला न्यौपाने, दिपक कुमार पौडेल र हरि बहादुर थापा रहेका छन् । त्यसै गरी सह–कोषाध्यक्षमा संजय कुमार बेरीवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ ।
१ जना सदस्य महिला (वाणिज्य) सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । उक्त पदमा सुनयना के.सी. गिरी र मीना पन्थीले उम्मेदवारी दर्ता गराएका छन् । सदस्य (महिला) मा विष्णु माया शर्मा पौडेलको मात्र उम्मेदवारी परेको छ ।
१० जना वाणिज्य सदस्यका लागि १९ जनाको उम्मेदवारी परेको छ भने पााचजना उद्योग सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ । संघको ६६ औं साधारण सभा तथा अधिवेशन यही फागुन २३ र २४ गते भैरहवामा हुँदैछ ।
