काठ चिरान मुद्दाका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ

फाल्गुन १४, २०८१

कमल पन्थी

Fugitive accused of Kath Chiran case arrested after eight years

बर्दिया — जिल्ला अदालत, बर्दियाबाट आठ वर्षअघि कैद र जरीवाना फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार सूचीमा रहेका अवैद्य रुपमा काठ चिरान मुद्दाका प्रतिवादी रहेका छन् ।

जिल्ला अदालत, बर्दियाले ठाकुरबाबा नगरपालिका–२ प्रतापपुरका खुशीराम थारुलाई अवैद्य रुपमा काठ चिरान मुद्दामा ०७३ असार ७ गतेको फैसलाले तीन महिना कैद र १० हजार रुपैयाँ जरीवाना गरेको प्रहरीले जनाएको छ । 

कैद र जरीवाना भएपछि फरार रहेका थारुलाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी ऋषिराम घर्तीमगरले बताए ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, बर्दियामा मंगलबार दाखिला गरेको डिएसपी घर्तीमगरले जनाए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully