पश्चिम नवलपरासीको बेलासपुरमा दुई समूहबीच झडप 

फाल्गुन १३, २०८१

नवीन पौडेल

Clash between two groups in Belaspur of West Nawalparasi

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका बेलासपुरमा दुई समूहबीच झडप भएको छ ।  स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबीच झडप भएको प्रहरीले जनाएको छ । 

केटा पक्षकाले केटफ पक्षका घरमा आएर आगजानीको प्रयास गरेपछि झडप भएको स्थानीयले प्रहरीले बताएको छ । झडप नियन्त्रणका लागि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी गरेका छन् ।

झडपमा केही व्यक्ति घाइते भएको र स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बताए । अहिले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully