बुटवलमा सेनाको इतिहास झल्काउने फोटो प्रदर्शनी

फाल्गुन १३, २०८१

दीपेन्द्र बडुवाल

A photo exhibition depicting the history of the Army in Butwal

भैरहवा — आफ्नो २६२ औं स्थापना दिवस तथा महाशिवरात्रिको अवसरमा बुटवलमा मंगलबार नेपाली सेनाको इतिहास झल्काउने फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

रुपन्देहीको बुटवलस्थित मध्य पृतना हेडक्वार्टर ब्यारेक परिसरमा सेनाको इतिहास, परम्परा, रीति लगायत सैनिकसित सम्बन्धित जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

उक्त विज्ञप्तीमा प्रदर्शनमार्फत आम नागरिकलाई नेपाली सेनासँग सम्बन्धित जानकारी प्रदान गर्ने र सेनाले राष्ट्रिय अभिमान, एकता, आपसी सद्भाव र विश्वास जगाउने उल्लेख गरिएको छ ।

‘गौरवपूर्ण परम्पराबारे जानकारी गराएर सैनिक रीतिको जगेर्ना र भावी पुस्तामा प्रेरणा जगाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो,’ प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘प्रदर्शनीमा विभिन्न समयमा प्रयोग भएका ऐतिहासिक सुरक्षा सामग्री र उपकरणहरू पनि राखिएको छ ।’

A photo exhibition depicting the history of the Army in Butwal

साथै प्रदर्शनीमा बुटवलमा रहेको सैनिक महाविद्यालयका शैक्षिक गतिविधिको समेत प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ । 

A photo exhibition depicting the history of the Army in Butwal

पृतनाका अनुसार मंगलबार दिउँसो एक बजेबाट तीन बजेसम्म परिसरमा रहेको फुटबल मैदानमा उक्त प्रदर्शन गरिएको छ । फोटो प्रदर्शन अवलोकनका लागि सर्वसाधरणका साथै सरकारी र निजी क्षेत्रका अगुवालाई आमन्त्रित गरिएको छ ।

दीपेन्द्र बडुवाल

Link copied successfully