बर्दियामा ३ फरार प्रतिवादी पक्राउ

फाल्गुन १२, २०८१

कमल पन्थी

3 fugitive accused arrested in Bardia

बर्दिया — जिल्ला अदालत बर्दियाबाट विभिन्न समयमा सजाय र जरिवाना फैसला भएका तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार सूचीमा रहेका चोरी, चेक अनादर र अंश मुद्दाका प्रतिवादी रहेका छन् ।

जिल्ला अदालत बर्दियाले बासगढी नगरपालिका–५ का मनिष रावललाई चोरी मुद्दामा ०८१ असोज ८ गते फैसलाले २ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

यसैगरी त्यही मुद्दाका दश वर्षअघि फरार बासगढी नगरपालिका–३ का रामबहादुर थारु पक्राउ परेका छन् । उनलाई अदालतले ०७१ जेठ ७ गतेको फैसलाले १ हजार २ सय ५० रुपैयाँ जरिवाना गरेको थियो । यसैगरी त्यही पालिकाका गणेशबहादुर थारुलाई चेक अनादर मुद्दामा अदालतबाट ०८० मंसिर १७ गतेको फैसलाले जरिवाना गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले फरार तीन प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको जनाए । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully