बर्दिया — बर्दियामा पछिल्ला पाँच दिनभित्रै दुई वटा हात्तीको रहस्यमय मृत्यु भएको छ । बुधबार ठाकुरबाबा नगरपालिका–३ झरसलुवा सामूदायिक वन र बडका सामूदायिक वनको सिमानामा एक वयस्क हात्ती मृत अवस्थामा फेला परेको हो ।
डिभिजन वन कार्यालयका अनुसार करिब ३०/३५ वर्षीय भाले हात्ती मृत अवस्थामा फेला परेको हो । वन कार्यालय प्रमुख विजय राज सुवेदीले करिब ४/५ दिन अगाडि हात्तीको मृत्यु भएको अनुमान गरिएको बताए ।
अहिले उक्त हात्तीको पोष्टमार्टम भइरहेको छ । यसअघि पाँच दिनअघि मात्रै पनि ठाकुरबाबा–४ खैलारको मसुरो बारीमा शनिबार बिहान एक वयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको थियो ।
