सहिदमार्गमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

फाल्गुन ७, २०८१

काशीराम डाँगी

Driver killed in tipper accident on Shahid Marg

रोल्पा — रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँ नजिकै सहिदमार्गबाट टिपर खस्दा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार मध्याह्न भएको दुर्घटनामा ना ८ ख ७२७६ नम्बरको टिपरका चालक बारा जिल्ला निजगढ-५ निवासी ३६ वर्षीय जिते कुमारको घटनास्थलमै मृत्यु भएको हो ।

सहिदमार्ग निर्माण कार्यमा प्रयोग गरिएको टिपर माडी- ४ तालाबाङको चुकबोटको सडकबाट करिब १ सय मिटर तल खसेको थियो । टिपर घर्तीगाउँ बजार हुँदै ब्याङखोलातर्फ जाँदै थियो। घटनालगत्तै उद्धार र अनुसन्धानका लागि पुगेका घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक देवसिंह भण्डारीले सडक साँघुरो नभए पनि त्यसै स्थानबाट टिपर दुर्घटनामा परेको बताए । 

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। 

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully