१९ वर्षीया किशोरीलाई जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

फाल्गुन ४, २०८१

कान्तिपुर संवाददाता

A person was arrested for raping a 19-year-old girl

नेपालगन्ज — बाँकेको नरैनापुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जबरजस्ती करणीपछि उच्च रक्तश्वावका कारण किशोरीलाई उपचारकालागि भेरी अस्पताल लगिएको छ ।

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नरैनापुर-५ सर्वराजपुरका ४५ वर्षीय जगबहादुर तेलीलाई पक्राउ गरेको छ ।

तेलीले घरबाहिर बसिरहेकी किशोरीलाई कोही नभएको मौका छोपी जबरजस्ती करणी गरी फरार भएको प्रहरीको भनाइ छ । पीडित किशोरीको बयानका आधारमा घटना लगत्तै शनिबार तेलीलाई पक्राउ गरिएको इलाका प्रहरी भगवानपुरका प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले बताए ।

'तत्काल किशोरीलाइ उद्धार गरी अस्पताल पुर्‍याएका छौँ,' उनले भने, 'आरोपीलाई तत्काल नियन्त्रणमा लिएर  घटनाको थप अनसन्धान गरीरहेका छौँ।' 

गत पुस ३ गते राति मेला हेरेर घर फर्किरहेकी बाँकेको नरैनापुर–४ की १४ वर्षीया किशोरीमाथि बलात्कारको घटना भएको थियो । 

कान्तिपुर

Link copied successfully