तिलोत्तमा — रूपन्देहीमा छोराले आमाको हत्या गरेका छन् । जिल्लाको कञ्चन गाउँपालिका-१ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियारले ४५ वर्षीया आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
बुधबार राति करिब १ बजेको समयमा पार्वतीका कान्छा छोरा सरोजले उनको आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रमुख रन्जित सिंह राठौरले बताए ।
'आमाको हत्या गर्ने सरोजमा मानसिक समस्या रहेको बुझियो,' उनले भने, 'उनी भागेका थिए, हामीले आज बिहान मात्रै पक्राउ गर्न सफल भयौं ।'
घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए । मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् ।
