रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको मृत्यु

माघ २९, २०८१

काशीराम डाँगी

Old man dies in car accident in Rolpa

काठमाडौँ — रोल्पामा मंगलबार अटो दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । सुर्पाल-लिवाङ सडक खण्डमा धारापानीतर्फ जाने क्रममा रा १ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भएर मंगलबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा अटोमा सवार स्थानीय ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमा मृत्यु भएको हो । अन्य दुई जना घाइते छन् ।

दुर्घटनामा अटोमा सवार रोल्पाकै सुनिलस्मृति गाउँपालिका –२ का ६२  वर्षीय मानबहादुर परियार र चालक रुन्टीगढी-१ का ३८ वर्षीय मनराज नेपाली घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

अटो सडकदेखि करिब १ सय मिटर मुनि खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । 

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully