बेपत्ता भएको ८ दिनपछि मृत अवस्थामा भेटिए 

माघ २९, २०८१

माधव अर्याल

He was found dead 8 days after his disappearance

पाल्पा — घरबाट बेपत्ता भएको आठ दिनपछि पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीका ८७ वर्षीय देवीलाल भट्टराईको शव कालीगण्डकी नदी किनारमा फेला परेको छ । 

घरदेखि झन्डै १५ किलोमिटर तल्लो भाग स्याङ्जाको चापाकोट नगरपालिका–८, ज्याग्दीघाटस्थित कालीगण्डकी नदी किनारमा मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीले जानकारी पाएपछि घटनास्थलमा पुगी मुचुल्का उठाई शव पोस्टमार्टमको लागि चापाकोट अस्पताल पठाएको थियो । तर त्यहाँ पोस्टमार्टम हुन नसकेपछि पाल्पाको रामपुर अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको आफन्त प्रमोद अर्यालले जानकारी दिए । घटनाको विषमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully