मानव बेचबिखन र सुरक्षित आप्रवासनबारे संवाद

माघ २९, २०८१

मनोज पौडेल

Dialogue on Human Trafficking and Safe Migration

लुम्बिनी — सुरक्षित आप्रवासन र मानव बेचबिखनविरुद्ध नेपाल र भारतका प्रचलित सफल अभ्यास आदानप्रदान र समस्या पहिचान गरी समाधानका लागि जनस्तरसँगै दुई देशीय साझा संयन्त्र निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

सुरक्षित आप्रवासन तथा मानव बेचबिखन समस्या समाधानका लागि सोमबार लुम्बिनीमा आयोजित नेपाल–भारत क्षेत्रीय संवादका वक्ताले दुवै देशमा रहेका आप्रवासी कामदारका वास्तविक विवरण संकलन र विश्लेषणका लागि विशेष कार्यक्रम बनाउनु पर्नेमा जोड दिएका हुन् ।

जीआईजेड, बेस संस्था तथा जस्ट राइट्स फर चिल्ड्रेनको साझेदारीमा भएको अन्तरदेशीय कार्यक्रममा क्षेत्रीय संवादको अवधारणाबारे बेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले प्रकाश पारेका थिए । 

संवाद कार्यक्रमको सहजीकरण पत्रकार सुशील बस्नेत र लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले गरेका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेको कार्यक्रममा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्याल, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. विनोदप्रसाद ढकाल, जस्ट राइट्स फर चिल्ड्रेनका राष्ट्रिय संयोजक रवि कान्त, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं र गैरसरकारी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष जितकुमारी बेलवासेलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेपाल र भारतका सरकारी अधिकारी, प्रहरी, अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि, नागरिक अगुवा र संचारकर्मी गरी ९० जनाको सहभागिता थियो ।

मनोज पौडेल

Link copied successfully