खाना पकाउने क्रममा सल्किएको आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

माघ २९, २०८१

दुर्गालाल केसी

A woman died after being burnt by a fire that started while cooking

दाङ — तुलसीपुरमा खाना पकाउने क्रममा कपडामा सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१९ संग्रामकी ६४ वर्षीया इश्वरी वलीको मंगलबार बिहान उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

माघ २१ गते बिहान खाना पकाउने क्रममा कपडामा आगो सल्किएर वली घाइते भएकी थिइन् । पेटदेखि घुँडासम्म जलेपछि उनलाई चिनारी अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । त्यहाँबाट कीर्तिपुर बर्न अस्पताल काठमाडौं रेफर गरिएको थियो।

कीर्तिपुरमा पनि उपचार सम्भव नभएछि सोमबार उनलाई पुनः राप्ती प्रादेशिक अस्पतालमै ल्याएको थियो । त्यहाँ उनको मंगलबार बिहान मृत्यु भएको इलाका प्रहरीकार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully