भियतनामी उपासक/उपासिकाद्वारा विद्यार्थीलाई साइकल वितरण

माघ २८, २०८१

मनोज पौडेल

Distribution of bicycles to students by Vietnamese worshipers

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीस्थित अखण्ड शान्ति द्वीपमा एक कार्यक्रमका बीच विद्यार्थीलाई साइकल वितरण गरिएको छ  ।विद्यालयमा सहज पहुँच पुगोस् भनेर गरिब, विपन्न र जेहेन्दार १ सय १ विद्यार्थीलाई भियतनामका उपासक/उपासिका र भिक्षु संलग्न ट्रयुक लाम ओभसिज मेडिटेसन एसोसियसनले सोमबार साइकल वितरण गरेको हो ।

पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुका १८ विद्यालयका ७० छात्रा र ३१ छात्रलाई साइकल वितरण गरिएको हो । पठनपाठनलाई सहज बनाई विद्यालय आउजाउमा सहयोग पुर्‍याउन ६ देखि ९ कक्षासम्म पढ्ने विद्यार्थीलाई साइकल वितरण गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले बुद्धको करुणा, मैत्री र सद्भावको भावनाले उत्प्रेरित भई भियतनामबाट बुद्ध जन्मस्थल लुम्बिनी आएर नेपाली विद्यार्थीलाई सहयोग गरेकामा धन्यवाद दिएका थिए ।

मनोज

Link copied successfully