दुई बालक घाइते, उपचारका लागि दाङ लगियो
रोल्पा — रोल्पाको घर्तीगाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका-७ नन्दीखोला नजिकै शुक्रबार बेलुकी जीप दुर्घटना हुँदा एक शिक्षिकाको ज्यान गएको छ।
प्रहरीका अनुसार घर्तीगाउँबाट दाङ जाने लु १ च ९४०६ नम्बरको जीप दुर्घटना हुँदा रोल्पाको गंगादेव गाउँपालिका-२ की सीता खड्काको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी रुन्टीगढी गाउँपालिका-९ स्थित जनकल्याण माविकी शिक्षिका हुन् ।
दुर्घटनामा परी दुई बालक घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको छ । घटनास्थल पुगेका रोल्पाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रोहित कुमार शाहीले दुवै बालकको उपचार र हेरचाहको लागि दाङ पठाइएको बताए ।
सुरुमा घाइतेलाई उपचारका लागि रोल्पा अस्पतालमा पठाइएको थियो। गाडी चालक भने फरार छन् ।
