चितुवाको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

माघ २५, २०८१

कमल पन्थी

One person died in Bardia due to leopard attack

बर्दिया — चितुवाको आक्रमणबाट शुक्रबार दिउँसो एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जाँदा ती महिलालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।  

मधुवन नगरपालिका–७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेलाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषिराम घर्ती मगरले बताए ।

गम्भीर अवस्थामा उपचार्थ उनलाई गुलरिया अस्पतालमा ल्याउदा मृत्यु भएको थियो । बाख्रा चराउन नेपाल भारत सिमानामा जाँदा चितुवाले आक्रमण गरेको डीएसपी घर्ती मगरले बताए । बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले अस्पताल नपुराउँदै उनको मृत्यु भएको बताए । 

        

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully