बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Absconding accused in banking crime case arrested

बर्दिया — प्रहरीले बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना फैसला भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले गुलरिया नगरपालिका–३ का २४ वर्षीय शिवशंकर यादवलाई पक्राउ गरेको बताए । जिल्ला अदालतबाट २०८० साल असोज २३ गतेको फैसला आदेशले ७ लाख ८० हजार रुपैयाँ जरिवाना र २० दिन कैद सजाय भएका प्रतिवादी यादव फरार भएका थिए । निजको घरमा लुकीछिपी रहेको अवस्थामा पक्राउ परेका यादवलाई जिल्ला अदालतमा दाखिला गराएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully