वाग्मती प्रदेश सभाको बैठक आज बस्दै

माघ २३, २०८१

सुवास विडारी

The meeting of the Wagmati State Assembly is sitting today

मकवानपुर — वाग्मती प्रदेश सभाको बैठक बुधबार (आज) बस्दैछ । बिहान ११ बजेबाट हेटौंडा-१० स्थित प्रदेशसभा भवनमा बैठक बस्दैछ । माघ १८ गते स्थगित भएको बैठक माओवादी केन्द्रले अवरोध नगर्ने भएपछि एक सातापछि बस्न लागेको हो ।

आफनो नेतृत्वको सरकारले ल्याएको बजेट कांग्रेस-एमाले सरकारले कार्यान्वयन नगरेको र अर्थ तथा विविध शीर्षकको बजेटमा भाग माग्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सदन अवरुद्ध गर्ने चेतावनी दिइरहेको थियो ।

सभामुख भुवनकुमार पाठकको सक्रियतामा मंगलबार बसेको सर्वदलीय बैठकमा सदनमा अवरोध नगर्ने र बजेट कार्यान्वनमा सबैलाई समेट्ने सहमति जुटेको सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

सदनको कार्यसूची अघिल्लो कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा भएको सहमति अनुसार हुने सर्वदलीय बैठकमा सहमति भएको उनले जानकारी दिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully