दाङ — बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । बबई नदी तर्ने क्रममा आइतबार बेलुका डुबेर शान्तिनगर गाउँपालिका–६का ७८ वर्षीय कुशल खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।
खड्का बबई–७ स्थित बबई नदी किनारमा मृत भेटिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बताए । बबई–७ स्थित छोरीको घरमा जाने भनेर घरबाट निस्केका खड्का नदीमा डुबेको उनले जानकारी दिए ।
