बुटवलमा सवारी दुर्घटनाबाट एकको मृत्यु

माघ २०, २०८१

सन्जु पौडेल

One person died in a road accident in Butwal

तिलोत्तमा — बुटवलमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको राजर्माग चौराहामा स्कुटर दुर्घटना हुँदा गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्ने ७२ वर्षीय धनबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पुन सवार लु ९४ प ८५९४ नम्बरको स्कुटरलाई बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully