कालिगण्डकीमा ट्‍याक्टर दुर्घटना : एकको मृत्यु

माघ १९, २०८१

गगनशिला खड्का

Tractor accident in Kaligandaki: One dead

गुल्मी — गुल्मीको कालिगण्डकीमा ट्‍याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शनिबार कालिगण्डकी गाउँपालिका–२ बिसौनास्थित भित्री कच्ची सडक खण्डमा अर्बेनीबाट बिसौनातर्फ जाँदै गरेको लु३त ५११२ नम्बरको ट्‍याक्टर दुर्घटना हुँदा सहचालक स्थानीय ५५ वर्षीय देवबहादुर विकको मृत्यु भएको पूर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद बन्जाडेले जानकारी दिए । 

ट्याक्टर अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल खस्दा सहचालक घाइते भएको र उपचारका लागि स्याङ्जाको गल्याङ अस्पतालमा पुर्‍याउँदा डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टरका चालक फरार रहेको र उनको नाम–ठेगानासमेत खुल्न सकेको छैन । 

गगनशिला खड्का खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully