गाडीको ठक्करबाट देउखुरीमा एक जनाको मृत्यु

माघ १८, २०८१

दुर्गालाल केसी

One person died in a car collision in Deukhuri

दाङ — गाडीले ठक्कर दिँदा शुक्रबार देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका -३ पुरन्धाराकी ४५वर्षीया फूलबारी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

सतबरियादेखि लमहीतर्फ जाँदै गरेको लु ३ च ३०९० नम्बरको कुखुरा बोक्ने गाडीले चौधरीलाई लमही नगरपालिका -७, कप्तानगन्जमा ठक्कर दिएको हो ।

पुरन्धाराबाट कप्तानगन्जस्थित आफन्तको घरमा आएर घर फर्किन सडक किनारमा बस कुरेर बसेका बेला गाडीले ठक्कर दिएको थियो।

ठक्करबाट लमही नगरपालिका -७ नयाँ बस्ति बस्ने वर्ष ६२ की फुलपतिया चौधरी र बर्ष ६५ की उदेसनी चौधरी घाइते भएका छन् । गाडी चालक लमही नगरपालिका -६ मध्यनगर निवासी वर्ष ३९ का देवलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully