अर्घाखाँची — प्रेस चौतारी नेपाल अर्घाखाँचीले कान्तिपुरकर्मी वीरेन्द्र केसीलाई पुरस्कृत गरेको छ । आफ्नो सातौं जिल्ला अधिवेशनका क्रममा चौतारीले बिहीबार सन्धिखर्कमा प्रकाश स्मृति पत्रकारिता पुरस्कार-२०८१ बाट उनलाई पुरस्कृत गरेको हो ।
केसीलाई लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील रही सूचना तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको प्रेस चौतारीका जिल्ला अध्यक्ष वसन्त श्रेष्ठले बताए ।
एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसालले केसीसँगै पत्रकार महासंघका पूर्वअध्यक्ष शोभाखर पन्थी र सन्धिखर्क एफएमका स्टेसन म्यानेजर श्याम घिमिरेलाई पनि पुरस्कृत र सम्मान गरेका थिए ।
